एमाले सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आसन्न केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्न बिहान ११ बजे एमाले सचिवालय बैठक बस्न लागेको हो ।

एमालेको केन्द्रीय समिति बैठक वैशाख २८ गतेदेखि सुरु हुँदैछ। वैशाख २८–३० गतेसम्म चल्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न सचिवालय बैठक बस्न लागेको एमाले नेता विष्णु रिजालले जानकारी दिए।

बैठकमा समसामयिक राजनीतिका साथै नक्कली भुटानी शरणार्थी प्रकरण र पार्टीले देशभर सन्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानको समीक्षाबारे छलफल हुने एमालेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्