बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल



काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन्।

उनीहरुबीच बजेट र सरकारको आगामी नीति तथा कार्यक्रम तथा अन्य समसामयिक विषयमा छलफल भइरहेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

संवैधानिक परिषद्को बैठकले सोमबार प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मत सिफारिस गरेको थियो। त्यसको भोलिपल्ट शीर्ष नेताहरू संवादमा जुटेका हुन्।

बिहान साढे ९ बजेदेखि बालुवाटारमा शीर्ष नेताहरुको बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए।

प्रतिक्रिया दिनुहोस्