मुगुमा हिमपहिरोमा परेकाको खोजीका लागि हेलिकप्टर मार्फत उद्धार टोली घटनास्थलमा



काठमाडौँ । यार्सा टिप्न पाटन गएका जुम्लाका ३ जना हिम पहिरोमा पुरिएर बेपत्ता भएपछि दोजी कार्यकालागि  हेलिकप्टर पठाइएको छ ।  जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी मोहोनबहादुर थापाले घटनास्थलमा २१ जनाको उद्धार टोली त्यहाँ पुगेको बताएका छन्। थापाका अनुसार मङ्गलवार त्यहाँ उद्धार टोली पुगे पनि अत्यधिक हिउँ जमेकाले पुरिएका मानिसहरू  खोजीकार्य गर्नकालागि गाह्रो भइरहेको छ । 

सोमबार बिहान हेलिकोप्टरमार्फत गएको टोली सिरानचौरमा उतारिएको थियो । टोली हिँडेर एक दिन लगाएर छापाखोलामा बसेको थियो । छापाखोलाबाट बिहान ६ बजे आज घटनास्थल च्यार्खु लेकमा पुगेर खोजी कार्य गरे पनि हिउँका कारण टोली फिर्ता भएको छ ।

हिम पहिरोमा जोगिएर मुगु जिल्ला प्रहरी कार्यालयको सम्पर्क आएका मध्य  कर्ण सार्की सहितलाई लिएर हेलिकोप्टर घटनास्थलमा गएको थियो ।  हिम पहिरोमा परेका अन्य ९ जना जना घर फर्किएका छन् । घटना स्थलमा हिमपात भइरहेकाले पुन:वास बस्न टोली छापाखोला फर्किएको र भोलि फेरि घटनास्थलमा जाने छ ।

मुगु र डोल्पाको सिमाना रहेको पाटन च्यार्खु लेखमा पातारासीतल्फि गाउँका ४२ वर्षीय तारासिंह सार्की, ३८ वर्षीय पूर्ण सिंह सार्की र ३६ वर्षका वीर बोहरा हिम पहिरोमा परी बेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्