प्रि-बजेटमा आज अर्थमन्त्रीले जवाफ दिने



काठमाडौँ । बर्खे अधिवेशन सुरु भएसँगै संघीय संसदमा प्रि-बजेटबारे छलफल जारी रहेको छ । आज प्रि(बजेट छलफलको अन्तिम दिन हुने भएको छ । गत आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार उक्त प्रस्तावमाथिको छलफल आज सकिन लागेको हो ।

छलफल सकिंएसँगै आजै अर्थमन्त्री महतले संसदमा उठेका प्रश्नको आजै जवाफ दिनेछन् । अर्थमन्त्रीले जवाफ दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ । जेठ १५ गते बजेट प्रस्तुत हुनेछ । संसदमा बजेट प्रस्तुत गर्नुभन्दा १५ दिनअगावै प्रि-बजेट छलफल समाप्त गरिसक्नुपर्छ । जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्