प्रतिनिधिसभा बैठकमा राप्रपाको नाराबाजी



काठमाडौँ । सभामुख देवराज घिमिरेसँग आकस्मिक समयमा बोल्न समय माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको आजको बैठकमाअवरोध गरेको छ । बैठकको सुरुवातमै राप्रपा सांसदहरू आफ्नो आसनबाट उठेर सभामुखसँग बोल्न समय मागेका छन् । सभामुख घिमिरेले बोल्नका लागि शून्य समय र बजेटको तयारीबारे मात्र बोल्ने कार्यसूची तय गरेको र बैठक सञ्चालन गर्न दिन आग्रह गरेका छन् ।

उनीहरूले देशमा भइरहेको भ्रष्टाचार विषयमा बोल्न पाउनुपर्‍यो भनेर सभामुखसँग माग राखेका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सहितका सांसदले बैठकमा अवरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्