नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म भएका कारबाहीबारे सांसदलाई जानकारी गराउन माग



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म भएका कारबाहीबारे सांसदलाई जानकारी गराउन माग गरेको छ ।

बुधवार बसेको संसद्को दोस्रो बैठकमा विशेष समय लिएर बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण राज्य विरुद्धकै अपराध भएको बताएका हुन् ।

यसमा पूर्व उपप्रधानमन्त्री, गृहमन्त्रीहरूको नाम जोडिएर आउनु लज्जास्पद भएको  बताएका छन् ।  उनले भने, ‘यस्तो जघन्य अपराधमा संलग्न कुनै पनि मानिसलाई छुट दिने त कल्पना नगरौँ, कमजोर बनाउने काम सम्म कसैले गर्न हुन्न ।’

तर पछिल्लो समय प्रहरीले अनुसन्धान नगर्ने हो कि अख्तियारलाई बुझाउने हो कि जस्ता तर्कहरू आउन थालेका भन्दै उनले यस्ता गल्ती नगर्न आग्रह गरेका छन् । प्रहरी अनुसन्धानबारे अनेक आशङ्का आएको र शीर्ष नेताहरूको बैठकलाई समेत त्यससँग जोडेर हेरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्