एमाले सचिव टोपबहादुर रायमाझी निलम्बित



काठमाडौँ । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले रायमाझीलाई पार्टीले निलम्बन गरेको हो । पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका बालकृष्ण खाँण पक्राउ परेपछि एमालेले उनलाई निलम्बित गरेको हो ।

राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुङ्गो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले विज्ञप्तिमार्फत जानकारी दिएको छ । रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनी फरार छन् ।

May be an image of ticket stub and text

प्रतिक्रिया दिनुहोस्