सांसद बजेट च्यात्ने चेतावनी



काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवं प्रतिनिधि सभाका सांसद कृष्ण कुमार श्रेष्ठले संसद्मा नै बजेट च्यात्ने चेतावनी दिएका छन् । आज बुध बार बसेको प्रतिनिधि सभाको बैठकमा श्रेष्ठले बजेटमा मन्त्रीहरूको स्वार्थ र क्षेत्रमा मात्र बजेट खनाइए  संसद्मा नै बजेट च्यात्ने  बताएका हुन् ।

उनले भने , ‘छलफलमा अर्थमन्त्री ज्यू मात्र देखिए रहेको छु । तर म अर्थमन्त्री ज्यू मार्फत माननीय मन्त्री ज्यूहरूलाई यहीँबाट खबरदारी गर्न चाहन्छु आगामी आउने बजेटमा मन्त्रीको क्षेत्रमा मात्र बजेट राख्ने र हामी माननीयहरूको क्षेत्रमा बजेट नराख्ने काम भयो भने सर्वप्रथम किसान श्रेष्ठले त्यो बजेट च्यातेर संसद्मा विरोध गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्