काँग्रेस नेत्री आरजुले दिइन् उजुरी



काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी सांसद डा.आरजु देउवा राणाले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर सार्वजनिक अडियोको छानबिन गर्न माग गर्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी  हुन् । उनले फेक अडियो सार्वजनिक भएको भन्दै दोषीलाई कारबाही गर्न माग समेत गरेकी छन् ।

बुधवार साइबार ब्युरो भोटाहिटीमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त फेक अडियो बदनियत पूर्ण ढङ्गबाट बदनाम गराउने उद्देश्यले नियोजित रूपमा रेकर्ड गराइएको उनले उजुरी दिएकी हुन् ।

arju-ujuri

प्रतिक्रिया दिनुहोस्