हिमालयन बैङ्क लिमिटेडद्वारा सङ्कटा क्लबलाई दश लाख रुपैयाँ प्रदान



काठमाडौँ । हिमालयन बैङ्क लिमिटेडले सहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी रहेको न्यूरोड स्थित सङ्कटा क्लबलाई दश लाख रुपैयाँ  प्रदान गरी प्रायोजन गरेको छ । बैङ्कले सो रकम खेलाडीहरूको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न उक्त क्लबलाई मद्दत स्वरूप प्रदान गरेको हो । बैङ्कले विगत देखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरूको विकास र प्रवर्द्धनमा योगदान प्रदान गर्दै आएको छ ।

बैङ्कका तर्फबाट बैङ्कका अध्यक्ष श्री प्रचण्ड बहादुर श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत श्री अशोक शम्शेर राणाले सो रकम एक समारोहका बीच सङ्कटा क्लबका अध्यक्ष श्री इन्द्रमान तुलाधरलाई हस्तान्तरण गर्नुभएको छ । उक्त समारोहमा नायब प्रमुख कार्यकारी अधिकृत श्री उज्जल राजभण्डारी लगायत अन्य वरिष्ठ पदाधिकारीहरू सहित  वडा नं २२ का वडा अध्यक्ष श्री चिनीकाजी महर्जन लगायत क्लबका अन्य प्रतिनिधिहरूको उपस्थिति रहेका थियो ।

प्रतिक्रिया दिनुहोस्