करोडौँको बङ्गला तिमीलाई कसले किन्दियो नेताहरु ?



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला-ठूला पार्टीका शीर्षस्थ नेताहरूको नाम मुछिएपछि नागरिक अगुवाहरूको भ्रष्टाचारविरुद्ध आन्दोलन तातिएको छ । अहिले  देशका विभिन्न ठाउँमा विभिन्न संस्था तथा समूहरूले राजनीतिक पार्टीहरूका नेतृत्वहरूलाई भ्रष्टाचारी जो कोही भए पनि कारबाहीको दायरामा ल्याउनको लागि दबाब दिइरहेका छन् ।  शनिवार मात्रै राजधानी काठमाडौँमा विभिन्न राजनीतिक पार्टी तथा समूहद्वारा भ्रष्टाचार विरुद्धमा आन्दोलन भएका छन् ।

कतिपय समूह र सङ्गठनहरूले भने आन्दोलनलाई निरन्तर गरिरहेका छन् । आन्दोलनमा विभिन्न भ्रष्टाचार र प्रकरणमा मुछिएकाहरूलाई कारबाहीको दायरामा ल्याउनु पर्ने दह्रो आवाज उठेको छ । प्रदर्शनमा सहभागीले करोडौँको महल तिमीलाई कसले किन्दियो, नेताहरूको घडीमा तस्करको ब्याट्री, सरकार भ्रष्टाचारी खोज्न खट्ने कि पछि हट्ने जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्मा भई भ्रष्टाचार विरोधी विभिन्न साङ्गीतिक प्रस्तुतिसमेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्