नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्व सभासद् शेर्पाविरुद्ध  पक्राउ पुर्जी जारी



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व सभासद् आङटावा शेर्पाविरुद्ध  पनि पक्राउ पुर्जी जारी गरिएको छ । रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी  जारी भएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।

शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरूबाट रकम असुलेको  पाइएको छ । यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ । अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा  विभिन्न राजनीतिक पार्टी शीर्षस्थ नेताहरू पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्