नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनु



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारलाई प्रहरीलाई स्वतन्त्र तरिकाले अनुसन्धान गर्ने दिन माग गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा  प्रकरणलाई स्वतन्त्र र निष्पक्ष ढङ्गले छानबिन गर्नका लागि नेपाल प्रहरीलाई वातावरण बनाई दिन नेपाल सरकारसँग माग गरेका हुन् । आज आइतबार आफ्नै पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

लिङ्देनले सो प्रकरणमा संलग्नहरू ढिलो चाँडो सबै तानिने बताउँदै अपराधी कसैले पनि उन्मुक्ति  नपाउनुपर्ने बताएका छन् । उनले सो प्रकरणलाई शिथिल, कमजोर र फासफुस बनाउने विभिन्न हल्लाहरू आइरहेका वेला सरकारलाई कुनै हस्तक्षेप नगर्न भनेका हुन् ।

राप्रपाले सो प्रकरणको विरोधमा यही जेठ ४ गते काठमाडौँको वसन्तपुरमा खबरदारी सभा गर्ने भएको छ । सो प्रकरण र मुलुकमा विद्यमान भ्रष्टाचार र भ्रष्टाचारीहरूको विरोधमा खबरदारी सभा गर्न लागिएको पनि लिङ्देनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्