खाँणलाई बयानका लागि सरकारी वकिल कार्यालयमा लगियो



काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं  नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा लगिएको छ । काठमाडौँ प्रहरी परिसर टेकुको हिरासतमा रहेका खाँणलाई बयान गराउन प्रहरीले केही बेरअघि सरकारी वकिल कार्यालयमा ल्याएको हो ।

उक्त प्रकरणमा पक्राउ परेका खाँणसहित १२ जनालाई शनिवार देखी लागू हुने गरी हिजो (आइतबार) थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । शरणार्थी प्रकरणमा प्रहरीले १३ जनालाई पक्राउ गरिसकेको छ । हिजो मात्र पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्