मेरो चरित्रमाथि बलात्कार भयो : आरजु राणा



काठमाडौँ । नेपाली काँग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर बदनाम गरेको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले फेक अडियो बनाएर  आफ्नो बदनाम गर्ने खोजिएको बताएकी हुन् ।

उक्त अडियोको फरेन्सिक जाँच गर्न ६ दिनअघि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र साइबर क्राइम सेलमा निवेदन दिए पनि अहिलेसम्म जवाफ नपाएको उनको गुनासो रहेको छ ।

‘फेक अडियो मेरो मात्र होइन, अरूको पनि बनेको छ, नाम मेरो मात्र उच्चारण किन भइरहेको छ रु साँच्चै भन्ने हो यो क्यारेक्ट असासिनेसन (चरित्र हत्या)होइन, दिस इज रेप अफ माइ क्यारेक्टर (यो मेरो चरित्रको बलात्कार) हो’, उनले भनिनन् ।  उनले भनिनन् , ‘वुमनलाई पोलिटिक्समा आउँदा सबै कुरा बेहोर्न सक्नुपर्छ, म बेहोरिरहेको छु । यस्तो किसिमको कदम सबै महिलाप्रति नगरियोस् ।’

प्रतिक्रिया दिनुहोस्