खाँणको आजको बयान सकियो, बाँकी भोलि



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आज बयान लिएको छ । बयान भोलि पनि लिइने भएको छ ।

आज लिएको बयान नसकिएपछि भोलि पुन बयान लिइने भएको हो । सरकारको वकिलको कार्यालयले यो मुद्दामा अनुसन्धान सकेर भोलि सम्ममा फाइल तयार गर्न प्रहरीले जनाएको छ ।

ठगी, सङ्गठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान नसकिएको भन्दै समय मागेपछि जिल्ला अदालतले हिजो मात्रै उनलाई थप ४ दिन थुनामा राख्न अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्