नक्कली भुटानी शरणार्थी प्रकरण : गिरोहले सरकारी गाडी कसरी प्रयोग गरे !



काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै लाखौँ असुली गर्ने गिरोहले सरकारी गाडी प्रयोग गरेको पाइएको छ ।चितवनको एक रिपोर्टमा सरकारी गाडीमा गएका गृह मन्त्रालयका कर्मचारी बताउनेहरूले पीडितको फोटो खिच्ने र शरणार्थीसम्बन्धी गणनामा छुटको फारम भराउने काम गरेको पीडितहरूको भनाइ रहेको छ । सरकारी गाडी प्रयोग गरेर पीडितहरूमाझ पुग्ने उनीहरू कोको थिए भन्ने खुल्न सकेको छैन ।

त्यस बेला प्रयोग भएको सरकारी गाडी चाहिँ गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको सचिवालयको भएको खुलेको छ । हज समितिका अध्यक्ष शमशेर मियाँको गाडी लिएर उनीहरूले पीडितलाई भेट्ने, प्रलोभनमा पार्ने र रकम समेत उठाउने गरेको भेटिएको हो ।

प्रहरीले हज कमिटीका अध्यक्ष शमशेर मियाँसँग बयान लिने तयारी गरेको छ । तर, उनी एक सातादेखि  सम्पर्कविहीन रहेका छन् । मियाँको ठगीमा संलग्नको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल लगायतसँग पनि सम्पर्क देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्