प्रेम सुवालले प्रधानमन्त्रीलाई भने, सिंगापुर र स्विजरल्यान्ड बनाउँछु भनेर शरणार्थी बनाउने ?



काठमाडौँ । नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री प्रचण्डलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रश्न सोधेका छन् । बिहीबार प्रतिनिधिसभामा भएको प्रश्नोत्तरमा सुवालले नेपाललाई सिंगापुर र स्विजरल्यान्ड बनाउँछु भनेर नक्कली शरणार्थी बनाउने देश किन बनाउनु भयो भएको भन्दै प्रश्न गरेका हुन् ।

सुवालले नक्कली भुटानी शरणार्थी बनाउने नाममा राज्यविरुद्धको कसुर, मानव बेचबिखन तथा ओसारपसार, संगठित अपराध, सरकारी कागजात कीर्ते, सार्वजनिक सम्पत्ति दुरुपयोग, सरकारी गाडीमा भ्रष्टाचारको करोडौँ रुपैयाँ ओसार पसार, ठगी लगायत काण्ड मच्चाएका आरोपीहरूलाई कुन कारबाही हुन्छ भन्दे प्रश्न गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्