एकीकृत समाजवादीका केन्द्रीय सचिव र पूर्व राज्यमन्त्री एमालेमा फर्किए



काठमाडौँ । एकीकृत समाजवादीका केन्द्रका केन्द्रीय सचिव लगायतका नेताहरू  नेकपा एमालेमा फर्किएका छन् । नेकपा एकीकृत सामवादीका केन्द्रीय सचिव भागवत विश्वासी, पूर्व मन्त्री हिराचन्द्र केसी र दाङ जिल्ला कमिटीका केही पदाधिकारी  एमालेमा फर्किएका छन् । शनिवार तुलसीपुरमा आयोजित कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।

एकीकृत समाजवादीका सचिव विश्वासी, केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, दाङ जिल्ला अध्यक्ष सुरामणि बेल्वासे, उपाध्यक्ष चूर्णबहादुर वली र सचिव डिल्ली डाँगीसहितका नेताहरू एमालेमा फर्किएका हुन् ।

सचिव विश्वासीसहित ६ जनालाई एकीकृत समाजवादीले शुक्रवार नै पार्टीको हित विपरीत काम गरेको भन्दै कारबाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्