जनताको माग सम्बोधन नभए विद्रोह गर्ने विप्लवको चेतावनी



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताका चाहनालाई समयमा सम्बोधन गरिने अवस्था नरहेको भन्दै विद्रोह हुन सक्ने चेतावनी दिएका छन् । उनले आफूहरू विगतमा पनि जनताको मागलाई सम्बोधन नगरिँदा विद्रोह गरेको स्मरण गराउँदै विद्रोहको चेतावनी दिएका हुन् ।

चन्दले आइतबार काठमाडौंमा आयोजित १४ औँ राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले मन्त्रिपरिषद्मा जनचाहना अनुरूपका प्रस्तावहरू गरे आफूले सडकबाट साथ दिने प्रतिबद्धता पनि जनाएका छन् । चन्दले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक पटक पुनः माओवादी बनेर काम गर्न आग्रह गरेका छन् । कार्यक्रममा जनताको मागको सम्बोधन गर्नको लागि फेरी एक पटक माओवादीको आवश्यकता रहेको बताएका छन् । उनले आफूले फेरी नयाँ क्रान्ति गरेर नयाँ इतिहास रच्ने बताएका छन् ।

‘उनले भने, ‘नेपालमा अहिले पनि क्रान्ति जारी छ । जनयुद्ध पनि के को परिणाम थियो भन्दा मानिसले न्याय खोज्दा खोज्दा नपाए पछिको विद्रोह थियो । विद्रोह किन हुन्छन्, जनताका चाहनालाई समयमा नै सम्बोधन, सङ्गठित गरिएन भने आगोमा विद्रोहमा बदलिन्छन् । हरेक योद्धाहरूले क्रान्तिमा भाग लिइरहेको जस्तो अनुभूति गर्दछन् । आज त्यस्तै अनुभूति भइरहेको छ । मैले भनेको छु, क्याबिनेटमा प्रस्ताव गर्नुहोस् हामी रत्नपार्कमा बसेर साथ दिनेछौँ । हामी हरेक नराम्रा कामको विरुद्धमा उभिन तयार छौँ । तर एक पटक प्रचण्ड कमरेड फेरि माओवादी जस्तो बन्नुपर्छ नि ।’

प्रतिक्रिया दिनुहोस्