
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भूमि व्यवस्था तथा कृषि मन्त्रालयको जिम्मेवारी हेरफेर गरेका छन् । मुख्यमन्त्री यादवले नेपाली काँग्रेस र एकीकृत समाजवादीलाई समेटेर सरकार विस्तार गरेका हुन् ।
यादवले मधेश सरकारमा जनमत पार्टीलाई दिएको मन्त्रालय काँग्रेस र नेकपा एसलाई दिएको हो । काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार र वीरेन्द्रकुमार सिंह स्वास्थ्य मन्त्री भएका छन् । एकीकृत समाजवादी संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था तथा कृषि भएका छन् ।
यसअघि, यो मन्त्रालयमा जनमत पार्टीका उपाध्यक्ष बसन्त कुशवाह मन्त्री थिए । २९ पुसमा विना विभागीय मन्त्री बनेका कुशवाहले १३ माघमा कृषि मन्त्रालयको जिम्मा पाएका थिए ।