ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई एमालेले निलम्बन गर्‍यो



काठमाडौँ । बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई नेकपा एमालेले निलम्बन गरेको छ ।

एमालेको गण्डकी प्रदेश कमिटीका सदस्यसमेत रहेका नेपाली ढोरपाटन नगरपालिकाका मेयर हुन् ।एमालेका प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले बुधवार एक विज्ञप्ति जारी निलम्बन गरेको जानकारी गराएका छन् । उनलाई घटनाको निरूपण नहुँदासम्म निलम्बन गरिएको  विज्ञप्तिमार्फत जनाइएको छ । एकालेले नेपीलाई छानबिनमा सहयोग पुर्‍याउन पनि निर्देशन दिएको छ । घटनामा आरोपित सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र अन्य सबै सञ्चालकहरूलाई बचतकर्ताको सम्पूर्ण रकम शीघ्र फिर्ता गर्न तथा सरकारी निकायबाट अगाडि बढाइएका छानबिनको प्रक्रियामा सहयोग पु¥याउन हाम्रो पार्टी सम्बद्ध सबैलाई आग्रह गर्दछ’ एमालेको विज्ञप्तिमा भनिएको छ ।

उनीसहित इमेज सहकारीका पदाधिकारी बचतकर्ताको रकम फिर्ता नगरेर हाल फरार रहेका छन् । गृह मन्त्रालयले संस्थापक अध्यक्ष नेपाली, कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र अर्का सदस्य झगबहादुर शाहीको यात्रा अनुमति रद्दसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्