मधेस प्रदेश सरकारमा लोसपा पनि सहभागी



काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एक मन्त्रालयसहित लोकतान्त्रिक समाजवादी पार्टी लोसपा सरकारमा सहभागी गराएका छन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले लोसपा सांसद रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरण मन्त्री नियुक्त गरेको हुन् ।तत्काल एक मन्त्रालयसहित आफूहरू सरकारमा सहभागी भएको लोसपा संसदीय दलका नेता अभिराम शर्माले बताएका छन्

साँझ ५ बजे नवनियुक्त मन्त्री कुर्मीले शपथ लिने छन् । कुर्मी पर्साको निर्वाचन क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित छन् । यसअघि सरकार बाहिर रहेका सत्ता गठबन्धन घटक काँग्रेस २ र एकीकृत समाजवादी १ मन्त्रालयसहित मङ्गलवार मधेश सरकारमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्