आगामी आवमा १० लाख पर्यटक भित्र्याउने सरकारकाे योजना



काठमाडौँ । सरकारले सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १० लाख पुर्‍याउने योजना बनाएको छ ।

आगामी आर्थिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो बताएका हुन् । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ भन्ने नारासहित अभियान सञ्चालन गरिने उनले बताए ।

स्थानीय जात्रा, संस्कृति, पर्व तथा पर्यटकीय गन्तव्य प्रचारप्रसार गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्