कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको चार दिने औपचारिक भ्रमणमा जाने भएपछि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रचण्ड सरकारमा काँग्रेस उपसभापति समेत रहेका खड्का दोस्रो वरियतामा छन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्काले कार्यवाहक तोकेका हुन् । अब प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री खड्काले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्