प्रधानमन्त्री प्रचण्डलाई राज्यमन्त्री मीनाक्षी लेखीले गरिन् स्वागत 



काठमाडौँ । चार दिने  भारत भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सङ्घीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी छन्। नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई मीनाक्षी लेखी स्वागत गरेकी हुन् ।

प्रधानमन्त्री प्रचण्ड गत पुसमा तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक भारत भ्रमणमा गएका हुन्। दिल्लीमा रहँदा प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय वार्ता गर्ने छन्।

द्विपक्षीय वार्तापछि दुई देशबिच केही समझदारी र सम्झौतामा हस्ताक्षर हुनेछ। दुवै प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम पनि छ। दिल्लीमा राजनीतिक भेटघाट सकेर प्रधानमन्त्री प्रचण्ड मध्य प्रदेशको उज्जैन जाने कार्यक्रम छ। नेपाली टोली  २०  जेठमा स्वदेश फर्कने छ ।

प्रतिक्रिया दिनुहोस्