पुरानै नागरिकता विधेयक प्रमाणीकरण गर्ने शैली भएन : रवि लामिछाने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणित भएको उक्त कार्य राष्ट्रहित विरुद्ध भएको टिप्पणी गरेका छन् ।

नागरिकता प्रमाणीकरण गर्न अपनाइएको शैलीलाई लामिछानेले राष्ट्रहित विपरीतको कार्य भनेका छन्स,’भापति लामिछानेले उक्त विधेय पारित भएको आफ्नो धारणा राख्दै सामाजिक सञ्जालमा लेखेका छन् , नयाँ जनादेशबाट नयाँ संसद् बनेको ६ महिना भइसक्दा पनि संसद्मा छलफल नगराई, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरीत, लोकतान्त्रिक संसदीय मूल्य मान्यता र राष्ट्र हित विरुद्ध छ ।’

अघिल्लो संसद्को दुवै सदनले पारित गरेर पठाएको नागरिक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी ‘होल्ड’मा राखेकी थिइन् । नागरिकता विधेयक बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्