सीमा विवादमा छलफल गर्छौं : भारतीय प्रधानमन्त्री मोदी



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा विवादका विषयमा छलफल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। बिहीबार संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाल र भारतका बीचमा सात वटा ठूला र भविष्यमा दूरगामी योजनामा सहमति भएको भन्दै सीमा विवादको विषय पनि उठाएका हुन्। नेपाल र भारतका बीचमा लिपुलेक, कालापानी, सुस्ता लगायतका स्थानमा सीमा विवाद हुँदै आएको छ।

यी विवादमा नेपालले कुरा उठाउँदै आएको छ भने भारतले बेवास्था गर्दै आएको छ। भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको प्रतिनिधिमण्डलसँग हैदरावाद हाउसमा भेटपछि उनले यस्तो बताएका हुन्। नेपालले सीमा विवादमा कुरा गर्ने प्रयास भने गर्दै आएको छ। तर भारतले हरेक भ्रमणमा यस्तै भन्दै आएको छ।

भारतले परराष्ट्र मन्त्रीस्तरीय, सचिवस्तरीय र अन्य संयन्त्रहरुमा कुरा सुन्ने तर तयार नहुने हुँदै आएको कारण उच्चस्तरमा वार्ता गर्नुपर्ने आवश्यकता हुँदै आएको थियो। विगतमा भारत भ्रमणका क्रममा पनि नेपाली प्रधानमन्त्रीहरुले यो कुरा उठाउने गरेका थिए। तर भारतले अन्तिममा संयुक्त विज्ञप्तिमा उक्त कुरा समावेश गर्न अस्वीकार गर्दै आएको छ। भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतको सम्बन्ध पुरानो र मजबुत गरेको भन्दै नेपालसँग धार्मिक रुपमा पनि जोडिएको बताए।

प्रतिक्रिया दिनुहोस्