बालकृष्ण खाँणकाे इन्कारी बयान



 काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले अदालतमा इन्कारी बयान दिएका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ असुली गरेको आरोपमा पक्राउ परेका खाँणले जिल्ला अदालत, काठमाडौँमा इन्कारी बयान दिएका हुन् ।

‘कसैमार्फत उनीसँग मेरो कुराकानी र लेनदेन भएको भन्ने कुरा पनि सरासर झुटो हो । आङटावा शेर्पासँग पनि मेरो कुनै कुरा भएको छैन, बयान बदल्न पनि लगाएको छैन ।’, उनले बयानमा भनेका छन् ।

खाँण गृहमन्त्री हुँदा गृह मन्त्रालयका सचिव रहेका टेकनारायण पाण्डेको बयान र हिरासतमा रहेका आरोपी सानु भण्डारी र केशव दुलाललाई विभिन्न व्यक्तिमार्फत भेटेर आफू विरुद्ध बयान नदिन लगाएको अभियोग उनीमाथि प्रहरीले लगाएको थियो ।

अनुसन्धान अधिकृतहरूले शेर्पामार्फत खाँणले आरोपी सानु भण्डारीको बयान बदल्न लगाएको निष्कर्षसहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमार्फत अदालतमा मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्