१६ वर्षको उमेरमा करोडपति बनिन् यी युवती



काठमाडौँ । पढेर लेखेर जागिर गरेर ठुलो मान्छे बन्ने सपना सबैको हुन्छ । यो सपना पूरा गर्नका लागि आमाबुवा आफ्नो जीवनभरको कमाइ खर्च गर्न तयार हुन्छन्, तर समाजमा अरूका लागि उदाहरण बन्न पुगेका मान्छेहरू कमै हुन्छन् । तर, १६ वर्षको उमेरमा करोडपति बनेकी केटीको बारेमा केही जानौँ ।

इसाबेल ब्यारेटको बारेमा कुरा गरौँ । जो आज करोडपति बन्ने सपना देख्नेहरूका लागि उत्कृष्ट उदाहरण बनेको छ। उनी जम्मा १६ वर्षकी छिन् र आजको समयमा उनी करोडपति  हुन् । यति सानो उमेरमा उनले धेरै टिभि कार्यक्रममा काम गरिसकेकी छिन् र आज इसाबेल सङ्गीतको दुनियाँमा ठुलो नाम हो । तपाईँलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि उनी पहिलो पटक पाँच वर्षको उमेरमा एक टिभी कार्यक्रममा संसारसामु देखा परेकी थिइन् ।

डेली स्टारमा प्रकाशित रिपोर्टका अनुसार इसाबेलले यति कम उमेरमा धेरै टिभी शोमा काम गरिसकेकी छिन् । उनको नाम सन् २०१२ मा धनी व्यक्तिको सूचीमा परेको थियो । यसपछि उनले आफ्नो पैसा धेरै व्यवसायमा लगानी गरे र आज उनी एक सफल व्यवसायीका साथै एक सफल सङ्गीतकार पनि हुन् । यति बेला ६ वर्षपछि इसाबेल फेरि सङ्गीतमा फर्किएकी छिन् । उनको नयाँ गीत ‘वेस्ट फ्रेन्ड’ आउँदै छ ।

मेरो यो नयाँ सङ्गीतको सन्दर्भमा म भन्न चाहन्छु सङ्गीतको दुनियाँमा फर्किँदा साँच्चै खुसी लागेको छ।इजाबेल भन्छिन्, ‘अब फर्किएपछि लामो यात्रापछि घर फर्किएजस्तो लाग्छ । यी सबै सकारात्मक भाइबहरू अद्भुत छन्। आफ्नो करियरको बारेमा कुरा गर्दै उनी भन्छिन्, ‘यो त सुरुवात मात्रै हो, अझै धेरै राम्रा प्रोजेक्टहरू छन् र समयसँगै अवश्य सेयर गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस्