वातावरण दिवस : प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ



  • नवराज पोखरेल

काठमाडौं । बेल्जियमका रसायनशास्त्री लियो बेकेल्यान्डले सन् १९०७ मा पहिलो पूर्णतया सिन्थेटिक प्लास्टिकको आविस्कार गरेका हुन्। उनले आविस्कार गरेको प्लास्टिकलाई बेकेलाइटको नाम दिएका थिए।

यो बेकेलाइट २ रसायनहरू फर्मलडिहाइड र फिनोललाई अत्यधिक ताप र चाप दिएपछि आविस्कार भएको थियो। यसैलाई नै प्लास्टिक भन्न थालिएको हो। त्यसकारण लिओ बेकेल्यान्ड नै प्लास्टिकका आविस्कारक हुन्।

आज दर्जनौँ विभिन्न प्रकारका प्लास्टिकहरू उत्पादन गरिन्छ, जस्तै उत्पादन प्याकेजिङमा व्यापक रूपमा प्रयोग हुने पोलिथिलिन र यसको बल र स्थायित्वका कारण निर्माण र पाइपहरूमा प्रयोग हुने पोलिभिनाइल क्लोराइड छन्।

तथापि, नोबेल पुरस्कार विजेता हर्मन स्टाउडिंगर, जसलाई ‘पोलिमर केमिस्ट्रीका पिता’ र हर्मन मार्क, ‘पोलिमरका पिता’ भनेर पनि चिनिन्छ । योबाहेक प्लास्टिकको यो रूपसम्म ल्याइपुर्‍याउन प्लास्टिकको सामग्री विज्ञानमा धेरै रसायनशास्त्रीहरूले योगदान दिएका छन्।

प्लास्टिकमा सिन्थेटिक वा अर्ध–सिन्थेटिक सामग्रीहरूको एक विस्तृत शृंखलाका रूपमा रहेको हुन्छ र यो मुख्य रूपमा पोलिमरहरूबाट बन्छ। पोलिमरहरूको लचकपनाले नै प्लास्टिकलाई विभिन्न आकारका ठोस वस्तुहरूमा ढाल्न अथवा आकार दिन सम्भव हुन्छ।

यो अनुकूलनता साथै अन्य उपयोगी गुणहरू, जस्तै हल्का वजन, टिकाउ, लचिलो र उत्पादन गर्न सस्तो भएको हुनाले नै यसको व्यापक प्रयोगको हुने गरेको छ। जे जस्तो तरिकाले भने पनि प्लास्टिक सामान्यतया मानव र औद्योगिक प्रणालीमार्फत् बनाइन्छ।

अधिकांश आधुनिक प्लास्टिकहरू पेट्रोलियम इन्धनमा आधारित रसायनहरू जस्तै प्राकृतिक ग्यास वा पेट्रोलियमबाट उत्पन्न हुन्छन्। यद्यपि, आधुनिक औद्योगिक विधिहरूले नवीकरणीय सामग्रीहरू, जस्तै मकै वा कपासजन्य वस्तुहरूबाट पनि निर्माण गर्न सकिने भएको छ।

सन् १९५० देखि सन् २०१७ को बीचमा ९.२ बिलियन टन प्लास्टिक बनाइएको अनुमान गरिएको छ। अझै यो प्लास्टिकको उत्पादनचाहिँ पछिल्लो १५ वर्षयता अत्यधिक बढेको देखिएको छ र आधाभन्दा बढी प्लास्टिक २००५ देखि उत्पादन भएको छ।

वार्षिक रूपमा हेर्ने हो भने सन् २०२० मा ४०० मिलियन टन प्लास्टिक उत्पादन भएको थियो। यदि प्लास्टिकको मागको विश्वव्यापी ट्रेन्ड यसरी नै जारी रह्यो भने सन् २०५० सम्म वार्षिक विश्वव्यापी प्लास्टिक उत्पादन ११०० मिलियन टन पुग्ने अनुमान गरिएको छ।

बिसौँ शताब्दीको प्रारम्भमा सुरु भएको प्लास्टिकको सफलता र अत्यधिक उत्पादन एकातर्फ भने अर्कातर्फ प्राकृतिक परिस्थितिका विभिन्न आयामहरूमा प्लास्टिकजन्य वस्तुको ढिलो विघटन (टुक्रिने) हुने वा नकुहिने दरको कारणले धेरै वातावरणीय समस्याहरू निम्त्याएको छ।

उत्पादन गरिएका धेरैजसो प्लास्टिक पुनः प्रयोग गरिएको छैन या त ल्यान्डफिलमा थुपारिएको छ। अझ भनौँ– वातावरणमा प्लास्टिक प्रदूषणको रूपमा धेरै समय रहिरहेको पाइन्छ । प्लास्टिक प्रदूषण विश्वका सबै प्रमुख पानीका स्रोतहरूमा सहजै देख्न सकिन्छ।

उदाहरणका लागि, विश्वका सबै महासागरहरूमा फोहोरको प्याचहरू सिर्जना गर्ने र स्थल पारिस्थितिक प्रणालीहरू दूषित गर्ने जस्ता प्रभाव सहजै देख्न/भेट्न सकिन्छ । हालसम्म विसर्जन र व्यवस्थापन गरिएका सबै प्लास्टिकमध्ये, केही (१४ प्रतिशत) जलाइएको छ र १० प्रतिशतभन्दा कम पुनः प्रयोग गरिएको तथ्यांक छ।

विकसित देशहरूको तथ्यांक हेर्ने हो भने प्लास्टिकको लगभग एक तिहाइ भाग प्याकेजिङमा प्रयोग गरिन्छ र पाइपिङ, प्लम्बिङ वा विनाइल साइडिङ जस्ता उपयोगमा भवनहरूमा लगभग अर्को एक तिहाइ प्रयोग हुन्छ। अन्य प्रयोगमा अटोमोबाइल (अप २० प्रतिशत), फर्निचर र खेलौनाजस्ता वस्तुहरूमा उपयोग गरिन्छ। तर, अविकसित र कम विकसित देशहरूमा प्लास्टिकको प्रयोग फरक हुन सक्छ।

भारतको खपतको ४२ प्रतिशत प्याकेजिङमा प्रयोग गरिन्छ। चिकित्सा क्षेत्रमा, पोलिमर प्रत्यारोपण र अन्य चिकित्सा उपकरणहरू कम्तीमा आंशिक रूपमा प्लास्टिकबाट उत्पादन हुने गरेका वस्तुहरू प्रयोग हुने गरेका छन्। विश्वव्यापी रूपमा औसत हेर्ने हो भने प्रतिव्यक्ति लगभग ५० केजी प्लास्टिक प्रतिवर्ष उत्पादन गरिन्छ । यो तथ्यांक हरेक १० वर्षमा दोब्बर हुने गरेको पाइएको छ।

आकारमा सानो भए पनि माइक्रोप्लास्टिक र न्यानोप्लास्टिकले मानव स्वास्थ्य र अत्यावश्यक इकोसिस्टमको स्वास्थ्यका लागि ठुलो खतरा निम्त्याउँछ । यी माइक्रोप्लास्टिकहरूले सानो स्पन्जको रूपमा काम गर्छन् र धेरैथरीका विभिन्न रसायनहरू पारिस्थितिक प्रणालीमा छाड्ने गर्छन् । जुन अवशोषित हुन्छन् । सबै प्रभाव हाम्रो स्वास्थ्य प्रणालीमा खतरा निम्त्याउन सक्छन्।

यी र यस्ता प्लास्टिकजन्य फोहोरले हाम्रो कपडा र लुगा धुने जस्ता दैनिक क्रियाकलापदेखि सगरमाथाको शिखर वा समुद्रको गहिराइ जस्ता हरेक उल्लेखनीय स्थानमा ग्रहको हरेक भागमा प्रदूषण र दूषित गराउने हुन्छ । साँच्चिकै भन्ने हो भने अहिले प्लास्टिक यति धेरै चुनौतिपूर्ण छ कि यो तपाईंको फोनमा छ, तपाईंको क्रेडिट कार्डमा, तपाईंको लुगामा, खाना खाने टेबलमा छ। यो अब तपाईंको रगतमा छ।

प्लास्टिक र यसको मानवजन्य स्वास्थ्यको कुरा गर्ने हो भने तिनीहरूमध्ये केहीलाई सम्भवतः क्यान्सरसँग पनि जोडिएको छ। र यो केवल मानिस मात्र होइन, जो नकारात्मक रूपमा प्रभावित भइरहेको होइन, सम्पूर्ण चराचर जगत्मा, महासागरको पारिस्थितिक प्रणालीलाई समेत क्षति पुर्‍याइरहेको छ।

प्लास्टिकले जनावरहरूमा प्रजनन क्षमतालाई असर गरेको देखाइएको छ। जसले हाम्रो खाद्य शृंखलालाई मात्र नभई आफ्नो जीविकोपार्जनका लागि ती इकोसिस्टमहरूमा भर परेका समुदायका लागि पनि गम्भीर असर पारेको छ।

नेपाल मा प्लास्टिक
एक तथ्यांकअनुसार काठमाडौँमा मात्रै दिनमा ४८ लाख प्लास्टिकका झोलाहरू प्रयोग हुन्छन् र ८०० टन प्लास्टिकजन्य अजैविक नकुहिने सामग्री ल्यान्डफिल साइटहरूमा फालिन्छ । एउटा प्लास्टिकको झोला पूर्णतया कुहिनका लागि न्यूनतम ५०० वर्ष लाग्छ । र, यसले अहिले पानी, माटो, हावालाई दूषित बनाएको छ। अधिक प्लास्टिकको प्रयोगले जलवायु संकटलाई तीव्र बनाएको छ।

इसिमोड (२०१८) का अनुसार नेपालमा दैनिक २.७ टन प्लास्टिक फोहोर उत्पादन हुने गरेको छ र यसको अनुचित व्यवस्थापनले वातावरणीय प्रदूषणलगायत धेरै समस्या निम्त्याइरहेको छ। अध्ययनअनुसार नेपालमा उत्पादन हुने कुल प्लास्टिक फोहोरको बनोटका आधारमा केवल एक तिहाइ मात्रै रिसाइक्लिङका लागि उपयुक्त हुन्छ।

काठमाडौँको जनसंख्या बढ्दै जाँदा प्लास्टिकको प्रयोग र फोहोर उत्पादन पनि बढ्दै गएको छ। राजधानीमा फोहोर व्यवस्थापन गर्ने तरिकामा डम्पिङ र खुला जलाउने प्रक्रिया मात्रै देखिएको छ । औसतमा नगरपालिकाहरूमा फोहोरको ४८ प्रतिशत ल्यान्डफिल गरिएको छ।

जबकि ३२ प्रतिशत जलेको छ र २३ प्रतिशत खुला रूपमा नदी किनारमा फालिन्छ। नेपालका लागि फोहोर व्यवस्थापनमा अनौपचारिक क्षेत्रले महत्वपूर्ण भूमिका खेल्छ । अनौपचारिक फोहोर मजदुरहरू संकलनकर्तादेखि फोहोर उठाउने र स्क्र्याप डिलरसम्म छन्।

प्लास्टिकको उचित व्यवस्थापनका लागि यसको व्यवस्थित रूपमा संकलन जरुरी छ। फोहोरको कारक प्लास्टिकलाई राम्रो र व्यवस्थित रूपमा संकलन गर्न सक्ने हो भने मात्र पनि त्यसको धेरै समस्या समाधानको बाटो खुल्न सक्थ्यो।

प्लास्टिक संकलनका लागि मूल्य शृंखला बलियो छ। तर संकलन गरिएको प्लास्टिकको अन्तिम प्रशोधन गर्ने सुविधा छैन । पूर्वाधार निर्माण गरी विभिन्न प्रकारका संकलन गरिएका प्लास्टिकहरू छुट्टाछुट्टै संकलन र व्यवस्थापन गर्ने प्रणाली राख्दा लाभदायक हुन आवश्यक पर्ने मात्रामा प्लास्टिक फोहोर कम हुनेछ।

प्लास्टिक संकलन एक सानो स्तरको, स्थानीय रूपमा सञ्चालित पाइलट प्लास्टिक रिसाइक्लिङ सुविधा स्थापना गर्नुपर्ने देखिन्छ, जसले उच्च र कम गुणस्तरको दुवै प्रकारका प्लास्टिकहरू व्यवस्थापन गर्न सक्छ, जुन आजसम्म नेपालमा पाइँदैन।

पोलिथिन र एकल प्रयोगका झोलामा प्रतिबन्ध लगाउने सरकारको प्रयास शक्तिशाली कम्पनीको लबिङका कारण प्रत्येक पटक असफल भएको छ। र, अब कोभिड–१९ महामारीले मानिसहरू मास्क, पिपिई, भाइजर र पन्जाजस्ता प्लास्टिकजन्य सामग्री प्रयोग गर्न फर्केर समस्या थपेको छ। साना र मसिना कार्यहरू पनि प्लास्टिक व्यवस्थापनका लागि ठुलो प्रभाव पार्ने खालका हुन सक्छन्।
जस्तै :
पिउनका लागि प्रयोग हुने प्लास्टिकजन्य वस्तु जस्ता एकल–प्रयोग नगरौँ ।
किनमेल गर्न जाँदै गर्दा कपडाको झोला लिन नबिर्सनुहोस् ।
चुइंगमलाई रिसाइकल गर्न सकिन्छ । यो पनि प्लास्टिकबाट बनेको हो !
धेरै थोक खाना र थोरै प्याकेज गरिएका उत्पादनलाई प्राथमिकतामा राखौँ ।
गिलास वा स्टिल कन्टेनरहरूका लागि प्लास्टिक भाँडाको प्रयोग बदलौँ ।

प्रतिक्रिया दिनुहोस्