मुर्रा राँगो ल्याएर प्रधानमन्त्री राम्रो गर्नुभयो : ओली  



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नस्ल सुधारको लागि आफ्नो पालामा भारतबाट मुर्रा राँगा ल्याउनको लागि छलफलको लागि टोली पठाएको बताएका छन् ।प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले अहिले भ्रमणको क्रममा आफूले भनेका  राँगा ल्याएर राम्रो काम गरेको ओलीले बताए ।

बैठकमा बोल्दै ओलीले भने, ‘नस्लसुधारदेखि हाइब्रिटको गर्नेदेखि हामी उत्पादन र उत्पादकत्व कसरी बढाउन सकिन्छ देश भित्र पनि कुरा गरियो हाम्रा छिमेकीहरूसँग पनि कुरा गरियो । नस्ल सुधारको सन्दर्भमा । त्यसबेला मैले टोली पठाएको थिए मैले कुराकानी गर्न अहिले प्रधानमन्त्रीजीले लिएर आउनुभयो । राम्रो भयो । मेरो काम पनि शरण गर्नुभयो नि कमसेकम । मेरो समयमा पनि गरेको थियो हैं भनेर ।’

प्रतिक्रिया दिनुहोस्