बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा ५ जना पक्राउ



काठमाडौँ । दाङमा दुई बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा पाँच जनालाई पक्राउ परेका छन् । राप्ती गाउँपालिका-३ मसुरीयाका १४ र १२ बर्षीया बालिकामाथि सामूहिक बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले एक जना बालकसहित पाँच जनालाई पक्राउ गरेको हो ।

गढवा गाउँपालिका– ६ का १६ वर्षका किशोर, १८ वर्षका दिलसान अहमद, वडा-५ का २० वर्षीय सुहेल खान र कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–११ का २० वर्षीय जाबेद भन्ने जाविद अलि नाउलाई प्रहरीले पक्राउ गरेको हो ।

१४ जेठमा दुई बालिका गढवा गाउँपालिका–६ बुद्धचोकस्थित आफन्तको घरमा गएका थिए । सो क्रममा बालिकालाई मोटरसाइकलमा राखेर लमही–५ स्थित रातो डाँडा स्थित एउटा घरमा लगेर सामूहिक बलात्कारको प्रयास गरेका जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताएका छन् ।

पीडित पक्षले घटनाबारे जेठ १८ गते जाहेरी दिएपछि प्रहरीले आरोपीहरूमाथि अनुसन्धान थालेको थियो। पक्राउ परेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत दाङबाट अनुमति पनि लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्