डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष सिंह राजीनामा दिँदै



डम्मर धामी, काठमाडौँ । डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिंहले पदबाट राजीनामा दिने भएका छन् । सिंहले अस्पतालमा काम गर्ने वातावरण नभएको भन्दै राजीनामा दिन लागेका हुन् ।

अस्पताल प्रशासनमा काम गर्ने वातावरण नभएको, मेसु चेतराज भट्टको कार्यशैलीले तनाव दिएको तथा अस्पतालका पूर्व अध्यक्ष करुणाकर ओझाले आफ्नो चरित्र हत्या गर्ने विभिन्न षड्यन्त्र रच्नुबाट आजित भएर राजीनामा गर्न लागेको सिंहले बताएका छन् । वैशाख १७ गतेको प्रधानमन्त्रीस्तरीय निर्णयले सिंहलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरिएको थियो ।

उनले पदभार ग्रहण गरेकै दिन मन्त्रीस्तरीय निर्णयबाट उनको नियुक्ति खारेज गर्दै अस्पताल विकास समितिको अध्यक्षमा करुणाकर ओझा नियुक्त गरेको थियो ।

तर, सर्वोच्च अदालतले ९ जेठमा सिंहको नियुक्ति खारेज नगर्न र तत्कालका लागि सिंहलाई नै अध्यक्षका रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो । पदभार ग्रहण गरिसकेका अध्यक्ष सिंह अदालतको अन्तरिम आदेशपछि गत सोमबार अस्पतालमा पुगेका थिए ।

नियुक्तिमै विवाद

गत ३ जेठमा सिंहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको बेलामा डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनयन गरेका लक्ष्मण सिंहले पदभार ग्रहण गरेका थिए ।

सिंह डडेल्धुरामा अध्यक्षको पदभार सम्हालिरहँदा स्वास्थ्य मन्त्रालयको नीति तथा अनुगमन महाशाखाले भने करुणाकर ओझालाई मनोनयन गरेको गरेको थियो । प्रधानमन्त्री प्रचण्डले लक्ष्मण सिंहलाई २०८० र १ र १७ को निर्णय अनुसार उनलाई वैशाख २३ गते बाट लागू हुने गरी अध्यक्षको जिम्मेवारीमा तोकेको थियो ।

३ जेठमा नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति तथा अनुगमन महाशाखाको मन्त्रीस्तरीय बैठकले भने करुणाकर ओझालाई अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गरेको थियो । बैठकले ओझालाई नेपालको संविधानको दफा (३) को उपदफा (२ )अनुसार ३ वर्षका लागि अध्यक्षमा मनोनीत गरेको थियो ।

शैक्षीक योग्तामा प्रश्न

पाटन सयुक्त क्याम्पसले लक्ष्मण सिंहले स्नातक नगरेको पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई प्रमाणपत्र सत्यापन पठाउँदै सिंहले स्नातक नगरेको उल्लेख गरेको हो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको उक्त क्याम्पसले आफ्नो कलेजबाट सिंहको चारित्रिक प्रमाणपत्र जारी नरेको उल्लेख गरेको छ । अस्पताल विकास समितिको अध्यक्ष बन्नका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था रहेको छ ।

No description available.

अध्यक्ष सिंहले आफ्नो शैक्षिक प्रमाणपत्र नक्कली नभएको दाबी गरेका थिए । वैशाख १७ गतको प्रधानमन्त्रीस्तरीय निर्णयले सिंहलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरिएको थियो । तर उनले पदभार ग्रहण गरेकै दिन मन्त्रीस्तरीय निर्णयबाट उनको नियुक्ति खारेज भएको थियो भने अस्पताल विकास समितिको अध्यक्षमा करुणाकर ओझा नियुक्त भएका थिए ।

तर, सर्वोच्च अदालतले ९ जेठमा सिंहको नियुक्ति खारेज नगर्न र तत्कालका लागि सिंहलाई नै अध्यक्षका रूपमा काम गर्न दिन अन्तरिम आदेशमा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्