सुदूरपश्चिम प्रदेशसभा : एमाले प्रमुख सचेतकमा पाल र सचेतकमा साउद चयन



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतक र सचेतक चयन गरेको छ। आज आइतबार बसेको संसदीय दलको बैठकले प्रमुखमा सुरेन्द्र पाल र सचेतकमा निर्मलादेवी साउदलाई चयन गरेको हो ।

पाल गत मङ्सिर ४ मा भएको निर्वाचनमा बैतडीको प्रदेशसभा १ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । सचेतकमा चयन भएकी साउद भने डोटीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा चयन भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्