नक्कली भुटानी शरणार्थी प्रकरण : प्रदर्शन गर्ने १६ जना प्रहरीको नियन्त्रणमा



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्ध प्रदर्शन गर्ने १६ जनालाई प्रहरीले नियन्त्रणमा  लिएको छ । प्रहरीले उनीहरूलाई  काठमाडौँको  बानेश्वरबाट नियन्त्रणमा लिएको हो ।

बिहीबार बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँमा एसपी सिताराम रिजालले जानकारी गराएका छन् । मानवअधिकारवादी शान्ति समाज नेपालका कृष्ण पहाडी लयागतहरूले प्रदर्शन गरिरहेका थिए ।

उनीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेकाहरूलाई उन्मुक्ति नदिइयोस् र शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने लगायतका मागसहित प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्