नेपाली सेन्सर बोर्डले रोक्यो ‘आदिपुरुष’



काठमाडौँ । नेपाली सेन्सर बोर्डले फिल्म दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को सेन्सर पास रोकिदिएको छ । फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको हो । उक्त संवाद नहटाएसम्म फिल्मलाई सेन्सर पासको प्रमाणपत्र नदिने निर्णय पनि बोर्डले गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको नेतृत्वमा बिहीबार अपराह्न फिल्मको सेन्सर कार्य भएको थियो । सेन्सरपछिको निर्णय पत्रमा भनिएको छ, ‘चलचित्रमा जानकीलाई भारतीय बेटीको रूपमा प्रस्तुत भएको डायलगमा भारतीय शब्दलाई अनिवार्य रूपमा आवाजरहित ९बीप० गर्न लगाई सो पश्चात् मात्र चलचित्र जाँच प्रमाणपत्र दिने गरी सार्वजनिक प्रदर्शनको लागि अनुमति दिने निर्णय गरियो ।’

सेन्सर बोर्डको उक्त निर्णयमा अन्य सदस्यले पनि हस्ताक्षर रहेको छ । अब यो फिल्म प्रदर्शन गर्न उक्त संवाद हटाएर पुनः सेन्सर बोर्डमा पेस गर्नुपर्ने  छ । शुक्रबारदेखि विश्वव्यापी प्रदर्शन हुन लागेको यो फिल्मको ट्रेलरमा पनि जानकी भारतीय छोरी भएको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्