बालेन शाहको चेतावनीपछि ‘आदिपुरुष’बाट हटाइयो सीताबारेको विवादित संवाद



काठमाडौं । काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाहको चेतावनीपछि भारतीय चलचित्र आदिपुरूषबाट सीताबारेको विवादित संवाद हटाइएको छ। भारतीय पत्रिका टाइम्स अफ इन्डियाका अनुसार मेयर शाहको विरोधपछि उक्त चलचित्रबाट सीता भारतकी छोरी हुन् भन्ने संवाद नै हटाएको हो।

जनकपुरस्थित राजा जनककी छोरी सीताको बिहे भारतमा भएको विश्वास गरिन्छ। तर उक्त फिल्मले सीता वर्तमान नेपालकै भूमिमा जन्मिएको तथ्यलाई तोडफोड गरेर संवाद राखेपछि मेयर शाहले प्रदर्शन गर्न नदिने चेतावनी दिएका थिए।

फिल्ममा भगवान् रामको भूमिकामा प्रभास, सीताको भूमिकामा कृति सेनन र लक्ष्मणको भूमिकामा सन्नी सिंह छन्। सैफ अली खान रावणको भूमिकामा छन्।

प्रतिक्रिया दिनुहोस्