सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो २९ अर्ब २६ करोड बराबरको बजेट



काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख बजेट विनियोजन गरेको छ ।

आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालु तर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पुँजीगत तर्फ १७ अर्ब २ करोड रुपैयाँ बजेट ल्याएका हुन् । चालु आर्थिक वर्ष सुदूरपश्चिम प्रदेश सरकारले ०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक वर्ष ०७९/८० को बजेट भन्दा आर्थिक वर्ष २०८०/८१ को बजेट ७ अर्ब ४८ करोड ५ लाख ६५ हजार कमी हो ।

प्रतिक्रिया दिनुहोस्