तिनाउ खोलामा डुबेर किशोरको मृत्यु



काठमाडौँ । पाल्पाको तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको ज्यान गएको छ । गुल्मीको सत्यवती गाउँपालिका–७ घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ ड्राईभरटोल बस्ने १८ वर्षीय अभिषेक परियारको डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार शनिबार दिउँसो पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित ड्याम क्षेत्रमा साथीहरूसँग पौडी खेल्ने क्रममा ती किशोर अचानक डुबेका थिए । प्रहरी चौकी दोभानले अचेत अवस्थामा उद्धार गरी उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको थियो ।अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्