‘आदिपुरुष’का लेखकको विवादित बयान : नेपाल सन् १९०३ अघि भारतकै हिस्सा थियो



काठमाडौं । दक्षिण भारतीय चलचित्र आदिपुरुषका संवाद लेखक मनोज मुंतशीरले नेपाल सन् १९०३ अघि नेपाल भारतकै हिस्सा भएको विवादित बयान दिएका छन्। भारतीय सञ्चारमाध्यम आजतकसँग नेपालमा आदिपुरुष विवादित बनेको र संवाद पनि बदलिएको भन्ने प्रश्नमा उनले उक्त विवादित बयान दिएका हुन्।

‘नेपालमा भइरहेको विरोध के हो म बुझ्न सकिरहेको छैन। यसकारण मैले बुझ्न सकेको छैन, यो कथा त त्यतिबेलाको हो जतिबेला नेपाल भारतकै हिस्सा थियो। सीतालाई भारतकी छोरी भनिरहेका छौँ, नेपाल कहाँ छुट्टै थियो?’ उनले भनेका छन्, ‘सन् १९०३ कि ४ तिर मात्रै नेपाल भारतबाट अलग भएको हो। भारत नै थियो नेपाल। त्यसैले सीता भारतकै छोरी थिइन्।’

फिल्माथि प्रश्नहरू उठिरहँदा मुन्तासिर विभिन्न सञ्चारमाध्यममा विवादित अभिव्यक्ति दिइरहेका छन्। १६ जुनदेखि प्रदर्शनमा आएको यो फिल्म नेपालमा मात्रै नभई भारतमा पनि उत्तिकै विवादित बनेको छ। फिल्म रिलिज भएसँगै संवादलाई लिएर दर्शकहरूले आपत्ति र आक्रोश जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्