समाजवादी मोर्चाको घोषणा सोमबार



काठमाडौं । सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा सोमबार गठन गर्ने सहमति भएको हो।

कार्यदलस्तरमा समाजवादी मोर्चाको घोषणापत्र तयार भएसँगै औपचारिक रूपमा सोमबार राजधानीको राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम गरेर मोर्चा घोषणा गर्न लागिएको माओवादी केन्द्रको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

समाजवादी मोर्चाका लागि यसअघि तीन दलका तर्फबाट नेताहरू कृष्णबहादुर महरा, राजेन्द्र श्रेष्ठ र प्रमेश हमाललगायत दस्ताबेज तयारीमा जुटेका थिए।

समाजवादी मोर्चामा सत्ता साझेदार दलबाट नेकपा माओवादी केन्द्र, जनता समाजवादी (जसपा), नेकपा एकीकृत समाजवादी रहने भएका छन्। यस्तै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र वामदेव गौतम समेत सहभागी गराउने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्