पहिचानवादीहरूले योगेश भट्टराईलाई गृह जिल्ला प्रवेशमा गरे निषेध 



काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई ताप्लेजुङका पहिचानवादीहरुले जिल्ला प्रवेशमा रोक लगाएको छ । ताप्लेजुङका आदिवासी जनजाति महासङ्घ, किरात याक्थुङ चुम्लिुङ,  किरात राई यायोख्खा, किरात धर्म साहित्य उत्थान संघ, सुनुवार सेवा समाज, खस क्षेत्री एकता समाज, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बू विद्यार्थी सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै निषेध  गरिएको जानकारी गराएको हो ।

आदिवासी जनजाति समुदायहरूलाई कानुन विपरीत हिंसा गर्ने, पहिचानवादी समुदायहरूको न्यायिक आन्दोलनलाई जबरजस्त दबाउने क्रम जारी रहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव योगेश भट्टराईले गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएका विज्ञप्तिमा उल्लेख छ ।

Yogesh (1)

प्रतिक्रिया दिनुहोस्