सेयर बजारमा भारी अङ्कको उछाल 



काठमाडौँ । सातको पहिलो दिने सेयर बजार परिसूचक नेप्से भारी अङ्कले उकालो लागेको छ । आज आइतबार पनि नेप्से सूचक ५२.२६ अंकलेउकालो लागेको हो । आज नेप्से उकालो लागेसँगै २०९४.३३ विन्दुमा पुगेको छ । कारोबार रकम पनि ५ अर्ब नजिक पुगेको छ ।

आज ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार रुपैयाँ बराबरको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता शेयर कारोबार भएको छ । एक महिना अघि १ अर्बभन्दा तल रहेको दैनिक कारोबार रकम अहिले बढेर ५ अर्ब हाराहारी पुगिसकेको छ । आज जीवन बीमा उपसमूहको सूचक ६.३९ प्रतिशतले बढेको छ भने होटेल उपसमूहको ६.१५ प्रतिशत,अन्य उपसमूहको ६ प्रतिशत र निर्जीवन बीमा उपसमूहको ४.६८ प्रतिशतले बढेको छ ।

आइतबार नेपाल इन्स्योरेन्स,प्रभु लाइफ इन्स्योरेन्स,ग्रिन भेन्चर कम्पनी,सुपरमादी हाइड्रोपावर लगायत ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

यता सुभम पावरको सेयर मूल्य सबैभन्दा धेरै ५.५८ प्रतिशतले घटेको छ भने अभियान लघुवित्तको ४.०८ प्रतिशत र भूगोल इनर्जीको ३.७३ प्रतिशतले घटेको छ।

शिवम् सिमेन्टको सबैभन्दा धेरै ३६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको १६ करोड ९२ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्