नागरिकता पीडितको आन्दोलनमा प्रहरीले किन गर्‍यो हस्तक्षेप ?



काठमाडौँ । नागरिकताको माग गर्दै काठमाडौँको माइतीघरमा आन्दोलनरत सर्वसाधारणलाई प्रहरीले हटाउने प्रयास गरेको छ ।

सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाउँदा आफूहरू नागरिकताबाट वञ्चित भएको भन्दै नागरिकता पीडित सङ्घर्ष समितिले माइतीघरमा प्रदर्शन गरिरहेको छ।

आज मङ्गलवार प्रहरीले उक्त आन्दोलनमा हस्तक्षेप गरेको हो । निषेधित क्षेत्रमा प्रदर्शन गरिएको भन्दै प्रहरीले बल प्रयोग गरेको हो ।

राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा जन्मका आधारमा नागरिकता पाएकाहरूका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ। तर उक्त व्यवस्था कार्यान्वयन नहुँदा जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरूका सन्तान नागरिकताविहीन छन्।

प्रतिक्रिया दिनुहोस्