समाजवादी मोर्चा बुढाहरूको क्लब भएकाे एमालेका सचिव भट्टराईको टिप्पणी



काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले समाजवादी मोर्चा बुढाहरूको क्लब भएको आरोप लगाएका छन् । मंगलबार संघीय संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले समाजवादी मोर्चामा पनि बिस्तारै झगडा पर्ने र अलग हुने बताउँदै बुढाहरूको क्लब भएको बताएका हुन् ।

‘प्रपत्रकारहरूसँगको कुराकानीमा उनले भने, यो प्रौढहरूको क्लब हो । यसमा इतिहासको बखान हुन्छ, मेरो पालामा यो, मेरो पालामा यो ‘। यो बुढाहरूको क्लब हो । भविष्यको सपना केही पनि छैन ।  समाजवादी मोर्चा बनाएर दलहरू अस्तित्वको सङ्कटमा छन् । मोर्चा पछि आफैँ झगडा गर्दछन्, छुट्टिन्छन् ।’भट्टराईले समाजवादी मोर्चामा रहेका दलहरूबिच समाजवादकै विषयमा समान धारणा नरहेको बताए ।

उनले भने, समाजवादमा पुग्ने बाटोमा एकरूपता छ त र ?  उपेन्द्र यादवजीले समाजवादमा पुग्ने बाटो र नेत्रबिक्रम चन्दको समाजवादमा पुग्ने बाटो एउटै छ रु तरिका एउटै हो रु संविधानप्रति उहाँहरूको समान दृष्टिकोण छ रु संविधान च्यात्नेहरू पनि त्यहीँ हुनुहुन्छ । कस्तो मोर्चा हुन्छ त्यो ? ‘

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर सोमबार समाजवादी मोर्चा घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्