बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु



काठमाडौँ । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मार्केटिङको सामान बोकेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका ५ ठूलढुंगामा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका एसपी योगेन्द्रकुमार खड्काका अनुसार मृत्यु हुनेमा एक जना जैमिनी नगरपालिका १० राङखानी घर भइ बागलुङ नगरपालिका २ श्रीनगर बस्ने दुर्गा पौडेल छन् । अर्का एक जनाको सनाखत भएको छैन ।

 प्रहरीका अनुसार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाको कारण खुलिसकेको छैन ।  जीप सडकबाट झन्डै ५०० मिटर तल खोँचमा खसेको हो ।

प्रतिक्रिया दिनुहोस्