नेपाली बजारमा घट्यो सुन चाँदीको मूल्य



काठमाडौँ । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 नेपाली बजारमा आज छापावाल सुनको मूल्य एक लाख ११ हजार, तेजाबी सुनको मूल्य एक लाख १० हजार ४५० र चाँदीको मूल्य १३ सय ८५ रुपैयाँ कायम भएको छ ।

मंगलबार एक लाख ११ हजार ८ सयमा छापावाल र एक लाख ११ हजार २५० रुपैयाँमा तेजाजी सुनको कारोबार भएको थियो । यस्तै, हिजो चाँदीको कारोबार प्रतितोला १३ सय ८५ रुपैयाँमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्