युएईमा समस्यामा परेका १४ नेपाली श्रमिकहरूकाे उद्धार 



काठमाडौँ । युएईमा समस्यामा परेका १४ जना नेपाली श्रमिकको उद्धार गरिएको छ । उनीहरूको उद्धार गरी नेपाल ल्याइएको हो । दुबईस्थित गैर आवासीय मधेसी संघ युएई (एनआरएमए)को पहलमा उनीहरूलाई उद्धार गरी नेपाल पठाइएको हो । लामो समयदेखि समस्यामा परेर घर फर्किन नपाएका उनीहरूको उद्धार गरी नेपाल फर्काइएको सङ्घका कोषाध्यक्ष सदाम अन्सारीले जानकारी दिए ।

युएईमा कार्यरत उनीहरूमध्ये कोही २ वर्षे करार अवधि सकिएर पुनः भिसा रिन्यु गर्न नपाएका, काम नपाएर समस्यामा, कम्पनीले खान र बस्न समेत नदिएर समस्यामा परेका थिए ।

त्यसरी अलपत्र परेकाहरूलाई एयर अरेबियाको फ्लाइटबाट स्वदेश पठाइएको हो । अलपत्र पर्नेहरूमा सप्तरी, सिरहा, रौतहट र जुम्लाका छन् । समस्यामा पर्नेहरूमा सप्तरीका अर्जुन सदा, सुनसरीका अजित कुमार मेहता, रौतहटका इजामनन हक शेख, जुम्लाका कृष्ण नेपाली लगायत १४ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्