बालेनको निर्णयविरुद्ध फिल्म हल सञ्चालकहरूले दिए उच्च अदालतमा रिट 



काठमाडौँ । नेपाल चलचित्र सङ्घले हिन्दी चलचित्रको प्रदर्शन रोक्ने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेका छन् । बुधबार दिउँसो चलचित्र सङ्घको रिट दर्ता गरेको हो । उच्च अदालत पाटनमा रिट दर्ता गरिएको हो  ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी चलचित्र आदिपुरुषको सीता भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै महानगरपालिकाभित्रका हलमा हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएका थिए । बालेनको उक्त निर्णय कानुन विपरीत भन्दै फिल्म हल सञ्चालकहरू अदालत गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्